सन्दिपको लिस्ट ए करियरकै उत्कृष्ट बलिङ प्रदर्शन, केन्या विरुद्ध लिए पाँच विकेट

काठमाडौं – केन्या विरुद्ध ५ विकेट लिएका सन्दिप लामिछानेले करियरकै उत्कृष्ट बलिङ गरेका छन ।

नामिविया विरुद्ध विश्व क्रिकेट लिग च्याम्पिनयसिप २०१५ मा डेब्यु गरेका सन्दिपले लिस्ट ए मा पहिलो पटक पाँच विकेट लिन सफल भएका छन ।

आइ पि एल टिम दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएका सन्दिपको बलिङमा आज केन्याले चक्मा खायो । ६५ रन हुदा कुनै विकेट नगुमाएको केन्या विरुद्ध सन्दिपले आफ्नो बलिङको जादु देखाए । लगातर दुई विकेट लिदै केन्याको साझेदारी तोडेका उनले १० ओभरमा ५ मेडेन राखेर २० रन खर्चिएर ५ विकेट लिए ।

यसअघि उनले नामिविया विरुद्ध ४ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको विकेट सख्या १४ पुगेको छ ।

डिभिजन २ मा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दिप अगाडी आएका छन । २०१५ को डिभिजन २ मा सोमपाल कामीले नेपालका तर्फबाट ११ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest