काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्याबाट १७८ रनको लक्ष्य पाएको छ ।
विन्डहक स्थित वन्डररर्स क्रिकेट मैदानमा केन्याले ५० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो । तर केन्याको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए । त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए । केन्याको एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा आउट गरेपछि नेपालले एक सय ४ रनमा चौथो विकेट लियो । लगत्तै पुन सन्दिपले रुसव पटेललाई खाता खोल्न नदिदै पेभेलियन फर्काउदै पाचौ सफलता दिलाए । केन्याको स्कोर १२९ रन हुदा नेपालले छैटौ विकेट लियो । उसका कोलिन ओबुयालाई सोमपाल कामीले २७ रनमा आउट गरे ।
त्यसपछि सरदले गुरदिपलाई आउट गरेपछि केन्याले १३२ रनमा सातौ विकेट गुमायो । लगत्तै सन्दिपले ब्यक्तिगत पाचौ विकेट लिएपछि केन्याले १३९ रनमा ८ विकेट गुमायो ।
बलिङमा सन्दिपले पाच तथा बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले एक-एक विकेट लिए ।