कप्तान पारस पनि आउट, नेपालको पारी धरापमा

१७८ रनको लक्ष्य पक्ष्याएको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन ।

राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि १४ रन बनाउदा नेपालले तीन विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किए ।

कप्तान पारस खड्का ब्यक्तिगत ४२ रनमा आउट भएपछि नेपालले ६९ रनमा चार विकेट गुमायो ।

फितलो ब्याटिङ गरेको नेपालको स्कोर ८२ रन हुदा शरद भेषवाकर ब्यक्रिगत १९ रनमा आउट भए । जसका कारण नेपालले पाचौ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest