युवा खेलाडी रोहित, आरिफ र सन्दीपले दिलाए केन्या बिरुद्ध महत्वपूर्ण जित

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आफ्नो तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले केन्यालाई तीन विकेटले पराजित गर्यो । जितसँगै नेपालको शिर्ष दुइमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

विन्डहक स्थित वन्डररर्स क्रिकेट मैदानमा केन्याले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ७७ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो । तर केन्याको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए । केन्याका लागि ओपनर इरफानले ४२,कोलिन ओबुया २७, नेल्सन ओडिम्बोले २४ तथा सीम नोग्चीले २३ रन जोडे । बलिङमा सन्दिपले पाँच तथा बसन्त रेग्मी सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

केन्या विरुद्ध ५ विकेट लिएका सन्दिपले करियरकै उत्कृष्ट बलिङ गरे । नामिविया विरुद्ध विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा डेब्यु गरेको सन्दिपले लिस्ट एमा पहिलो पटक पाँच विकेट लिन सफल भए । सन्दिपले १० ओभरमा ५ मेडेन राखेर २० रन खर्चिएर ५ विकेट लिए । यसअघि उनले नामिविया विरुद्ध ४ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको विकेट सख्या १४ पुगेको छ । डिभिजन टु मा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दिप अगाडी छन ।

जवाफमा नेपालले एक बल बाँकि हुदा नेपालले ७ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । आजपनि नेपालले सुरुवात भने राम्रो गर्न सकेन । राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १४ रन बनाउदा नेपालले तीन विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किए ।

कप्तान पारस खड्का ब्यक्तिगत ४२ रनमा आउट भएपछि नेपालले ६९ रनमा चार विकेट गुमायो । खड्काले ३ चौका र २ छक्का प्रहार गरेका थिए । फितलो ब्याटिङ गरेको नेपालको स्कोर ८२ रन हुदा शरद भेषवाकर ब्यक्तिगत १९ रनमा आउट भए । जसका कारण नेपालले पाँचौ विकेट गुमायो । छैटौ विकेटका लागि आरीफ शेख र रोहितकुमार पौडेलले ८७ रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए । आरीफले ४२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे ।

अब नेपालले लिगको अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।

अंक तालिका

Points Table

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest