नेपालले अन्तिम खेलमा क्यानडालाई अब जित्नै पर्ने

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले भोली शिर्ष स्थानमा रहेको क्यानडासंग खेल्दैछ ।

विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा क्यानडाले चार खेलमा तीन जित एक हार ब्यहोरेको छ । नेपालको पनि समान नतिजा भएपनि रन रेटका आधारमा नेपाल तेस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा नामिवियालाई एक विकेटले हराउदा दोस्रो खेलमा ओमानसंग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराउन सफल भयो । यस्तै क्यानडाले पहिलो खेलमा ओमानलाई ८ विकेटले हराउदा दोस्रो खेलमा युएईलाई २३ रनले र तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो । तर नामिविया विरुद्ध भने क्यानडा १७ रनले पराजित हुन पुग्यो ।

आज भएको महत्तोपूर्ण खेलमा नामिबियाले केन्यालाई ८ विकेटले हराउदै दोस्रो स्थानमा उक्लिएको छ । यस्का साथै क्यानडा, नामिबिया र नेपालको समान ६ अंक भएको छ । नेट रन रेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपाल-क्यानडाको खेल र नामिबिया-युएईको खेल सेमीफाइनल जस्तै हुने छ । जस्ले जित्छ त्यहि टिम बिश्व कप छनोट खेल्न पाउने छन । अब को बिकल्प नेपालका लागी गर कि मर हुनेछ, भोली क्यानडालाई पराजित गर्नै पर्छ ।

नेपाल र क्यानडा पछिल्लो चार बर्षमा दुई पटक आमनेसामने भएका छन । जसमा एक खेल नेपालले जितेको छ भने एक खेल क्यानडाको पक्षमा गएको छ । तर यी दुई टिम २०१५ पछि पहिलो पटक खेल्दैछन । २०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासंग १२ रनले पराजित भएको थियो । तर २०१५ मा नामिवियामा नै भएको डिभिजन टु मा नेपालले क्यानडालाई सात विकेटले पराजित गरेको थियो ।

भोली हुने अन्य खेलहरु:
केन्या vs ओमान
नामिबिया vs युएई

चार खेलमा चार हार बेहोरेको केन्या डिभिजन २ बाट रेलिगेट भएको छ भने ओमान डिभिजन २ मा बस्ने देखिएको छ ।

Points table

Teams Mat Won Lost Tied N/R Pts Net RR
Canada  4  3  1  0  0  6   1.116
Namibia  4  3  1  0  0  6   0.787
Nepal  4  3  1  0  0  6   -0.158
UAE  4  2  2  0  0  4   1.221
Oman  4  1  3  0  0  2  -0.629
Kenya  4  0  4  0  0  0  -2.198

सन्दिपको जादु
डिभिजन टु मा आफनो लेग स्पिनमा विपक्षीलाई कमजोर पार्दै आएका सन्दिपमाथि क्यानडा विरुद्धको खेलमा पनि सबैको ध्यान हुनेछ । जारी प्रतियोगितामा १४ विकेट लिनुका साथै एकै खेलमा पाच विकेट लिदै लिस्ट ए मा सफल बलर बनेका सन्दिपले क्यानडा विरुद्ध कस्तो प्रदर्शन गर्छन त्यो सबैको चासोको विषय बनेको छ । अहिलेसम्म सन्दिपले केन्या विरुद्ध ५ विकेट लिनुका साथै नामिविया विरुद्ध ४, युएई विरुद्ध ३ र ओमान विरुद्ध २ विकेट लिइसकेका छन ।

ब्याटिङ मुख्य चुनौती
नेपाली टिमले प्रतियोगिताको पहिलो खेल देखि नै ब्याटिङ राम्रो गर्न सकेको छैन । विशेष गरि नेपाली टिमको ओपनिङ जोडी जम्न सकेको छैन । तीन खेलमा दिलिप नाथ र ज्ञानेन्द्रको ओपनिङ जोडी जम्न नसेकपछि दिलिपको स्थानमा अनिललाई जिम्मा दिइएको थियो । तर उनले पनि राम्रो गर्नसकेनन । जसका कारण क्यानडा विरुद्धको खेलमा मुख्य चुनौती ब्याटिङमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest