नेपाल र क्यानडाको भिडन्त आज, शिर्ष २ मा रहन नेपाललाई जित्नै पर्ने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले आज शिर्ष स्थानमा रहेको क्यानडासंग खेल्दैछ ।

विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा क्यानडाले चार खेलमा तीन जित एक हार ब्यहोरेको छ । नेपालको पनि समान नतिजा भएपनि रन रेटका आधारमा नेपाल तेस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा नामिवियालाई एक विकेटले हराउदा दोस्रो खेलमा ओमानसंग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराउन सफल भयो । यस्तै क्यानडाले पहिलो खेलमा ओमानलाई ८ विकेटले हराउदा दोस्रो खेलमा युएईलाई २३ रनले र तेस्रो खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो । तर नामिविया विरुद्ध भने क्यानडा १७ रनले पराजित हुन पुग्यो ।

आज भएको महत्तोपूर्ण खेलमा नामिबियाले केन्यालाई ८ विकेटले हराउदै दोस्रो स्थानमा उक्लिएको छ । यस्का साथै क्यानडा, नामिबिया र नेपालको समान ६ अंक भएको छ । नेट रन रेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपाल-क्यानडाको खेल र नामिबिया-युएईको खेल सेमीफाइनल जस्तै हुने छ । जस्ले जित्छ त्यहि टिम बिश्व कप छनोट खेल्न पाउने छन । अब को बिकल्प नेपालका लागी गर कि मर हुनेछ, भोली क्यानडालाई पराजित गर्नै पर्छ ।

नेपाल र क्यानडा पछिल्लो चार बर्षमा दुई पटक आमनेसामने भएका छन । जसमा एक खेल नेपालले जितेको छ भने एक खेल क्यानडाको पक्षमा गएको छ । तर यी दुई टिम २०१५ पछि पहिलो पटक खेल्दैछन । २०१४ मा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल क्यानडासंग १२ रनले पराजित भएको थियो । तर २०१५ मा नामिवियामा नै भएको डिभिजन टु मा नेपालले क्यानडालाई सात विकेटले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest