नेपाललाई पाँचौ सफलता, करनले लिए विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ ।

विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको स्कोर ४६ रनमा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए ।

क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए ।

६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए । क्यानडाको स्कोर ९० रन हुदा नेपालले चौथो विकेट लिए । यसपटक बसन्त रेग्मीले विकेट लिए ।

त्यसपछि क्यानडाको स्कोर एक सय ३१ रन हुदा करन केसीले हम्जा तारीकलाई ब्यक्तिगत २४ रनमा आउट गर्न सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest