क्यानडाद्धारा नेपाललाई १९५ रनको लक्ष्य

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाबाट एक सय ९५ रनको लक्ष्य पाएको छ ।

विन्डहममा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो ।

क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए ।

त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।

क्यानडाको स्कोर ९० रन हुदा नेपालले चौथो विकेट लिए । यसपटक बसन्त रेग्मीले विकेट लिए । त्यसपछि क्यानडाको स्कोर एक सय ३१ रन हुदा करन केसीले हम्जा तारीकलाई ब्यक्तिगत २४ रनमा आउट गर्न सफल भए ।

त्यसपछि क्यानडाको स्कोर एक सय ५७ रन हुदा नेपालले सात विकेट लिन सफल भयो । लगत्तै बसन्त रेग्मीले ब्यक्तिगत तेस्रो विकेट लिएपछि क्यानडाले १६१ रनमा ८ विकेट गुमायो । उसका लागि ओपनर श्रीमन्थले सतकिए पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest