नेपालको ९ विकेट झर्यो,

एक सय ९५ रनको लक्ष्य पक्ष्याएको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन ।

नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउदा शरद भेषवाकर मात्र एक रनमा आउट भए ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गमुायो ।

नेपालको स्कोर ११५ रन हुदा बर्षा भएपछि खेल राकिएको छ । रोहित २२ र आरिफ १४ रनमा खेलिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest