नेपाली टिम शनिबार स्वदेश फर्किदै

आइसीसी एकदिवसिय विश्वकप छनोट चरणमा स्थान बनाएको नेपाली क्रिकेट टिम भोली स्वदेश आइपुग्नेछ ।

नामिवियाबाट दक्षिण अफ्रिका हुदै आवुधावीबाट इतिहाद एयरवेजबाट नेपाली क्रिकेट टिम भोली साझँ ७ः५५ मा काठमाडौ उत्रने बताइएको छ ।

नामिवियामा भएको डिभिजन २ मा उपविजेताका रुपमा विश्वकप छनोटमा स्थान बनाएको नेपाली टिमको स्वागतका लागि समर्थकको उपस्थिती हुने आशा गरिएको छ ।

स्वदेश फर्किएको केहि दिनपछि नै नेपाली टिम प्रशिक्षणमा लाग्नेछ । मार्च ४ तारिख देखि हुने विश्वकप छनोटमा नेपाल विश्वकप छनोटको समुह बी मा परेको छ ।

प्रतियोगिता अगाडी नेपालले हङकङसंग अभ्यास खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest