सोएब अख्तर पाकिस्तान क्रिकेट बोर्डको ब्राण्ड एम्बेस्डर

पाकिस्तानी राष्ट्रिय टिमका तेज गतिका पूर्व बलर सोएब अख्तर पाकिस्तान क्रिकेट बोर्डमा ब्राण्ड एम्बेस्डर भएका छन ।

पाकिस्तान क्रिकेट बोर्डले ट्विटरमा अख्तरलाई नयाँ जिम्मेवारी दिएको बताए ।

अख्तरले पनि नयाँ जिम्मेवारीलाई गम्भिर रुपमा लिएको र पाकिस्तान क्रिकेटलाई अर्को लेभलसम्म पुर्याउने बताए ।

साथै उनले यो पोजिसनको जिम्मेवारी पाउनु खुसिको विषय भएको बताए ।

तिब्र गतिका बलर अख्तरले आफनो सक्रिय खेल जीवन हुँदा एक सय दशलमव दुई माइल प्रतिघण्टाको गतिमा बल फालेका थिए । जुन विश्व रेकर्ड हो ।

अख्तरले १९९७ देखि २०११ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । जसमा उनले ४६ टेष्ट र १ सय ६३ एकदिवसिय तथा १५ टी–२० खेल खेलका थिए । जसमा कुल ४४४ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest