नेपालले अभ्यास खेल वेष्ट इन्डिजसँग खेल्ने

आइसीसी विश्वकप छनोट अन्तर्गत वार्मअप खेलमा नेपालले वेष्ट इन्डिज विरुद्ध खेल्ने भएको छ ।

आइसीसीले सार्वजनिक गरेको खेल तालिकामा नेपालले विश्वकप छनोट अगाडी दुई टिमसँग वार्मअप खेल्ने भएको हो ।

पहिलो खेलमा नेपालले २७ तारिख मंगलबार युएई विरुद्ध खेल्नेछ ।

त्यसपछि मार्च १ तारिखमा पुर्व विश्वकप विजेता तथा टी ट्वान्टी विश्वकप च्याम्पियन वेष्ट इन्डिज विरुद्ध खेल्नेछ ।

त्यसपछि नेपालले विश्वकप छनोटमा सहभागिता गर्नेछ । डिभिजन २ मा दोस्रो हुदै विश्वकप छनोटमा स्थान बनाएको नेपाल आज स्वदेश फर्किदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest