विश्वकप छनोटमा स्थान बनाएको नेपाली टिमको भब्य स्वागत

आइसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टिमलाई भब्य स्वागत गरिएको छ ।

नामिवियामा भएको डिभिजन टु मा दोस्रो स्थान हासिल गर्दै जिम्वावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल टिमका कप्तान पारस खड्काले यसपटकको प्रतियोगिताबाट नेपाली टिमबाट युवा खेलाडीले राम्रो सम्भावना देखाएको बताए ।

साथै उनले नेपाल क्रिकेट संघको विवाद समाधान नै पहिलो चुनौती रहेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली क्रिकेट टिमलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिती रहेको थियो ।

राष्ट्रिय झण्डा बोकेर सयौ समर्थक रातीको समयमा पनि विमान स्थल पुगेका थिए । नेपाल टिम विमानस्थलको आगमन कक्षमा पुगेपछि समर्थकले जितको नारा लगाएका थिए ।

source: NCSS

विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पारसले नामिवियामा नेपाली टिमलाई भाग्यले पनि साथ दिएको र आगामी दिनमा अझ राम्रो क्रिकेट खेल्ने चुनौती थपिएको बताए ।

साथै उनले युवा खेलाडीले राम्रो नेपाली क्रिकेटका लागि राम्रो लक्षण देखाएको पनि बताए ।

फाइनलमा युएईसंग ७ रनले पराजित हुदै उपविजेता भएपनि नेपालले त्यसअघिको मुख्य खेलमा क्यानडालाई एक रनको रोमाञ्चक जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

अब नेपालले एक साता घरेलु प्रशिक्षण गरेपछि पुन जिम्वावे लाग्नेछ । जहाँ नेपालले विश्वकप छनोट अगाडी वेष्ट इन्डिज र युएईसंग अभ्यास खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest