न्यूजिल्याण्ड विरुद्धको खेलमा इङग्ल्याण्ड विजयी भएपनि प्रतियोगिताबाट बाहिरीयो

त्रिकोणात्मक श्रृखंला अन्तर्गत इग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड २ रनले पराजित भएपनि फाइनलका लागि छनोट भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १९४ रन बनायो । उसका लागि कप्तान इयोन मोर्गनले ८० तथा डाविड मालानले ५३ र जेसोन रोयले २१ रन बनाए ।

श्रृखंलाको उपाधिका लागि फाइनलमा स्थान बनाउन न्युजिल्याण्डले एक सय ७४ रन कटाउनु पर्ने थियो ।

जसमा उसले एक सय ९२ रन बनायो । तर खेल भने २ रनले हार्न पुग्यो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ६२ तथा कोलिन मुर्नोले ५७ र न्युजिल्याण्डको टिममा पहिलो पटक परेका मार्क च्यापमनले ३७ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest