डिपिएललाई श्री एयरलाइन्सको १० लाखको प्रायोजन

आगामी चैत्र १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिगका लागि प्रायोजनहरु एकपछि अर्को रुपमा अगाडी आएका छन । यसै क्रममा श्री एयरलाइन्सले पनि डिपिएलको दोस्रो सस्करणका लागि १० लाख रुपैयाको सम्झौता गरेको छ ।

काठमाडौमा आज आयोजना भएको कार्यक्रममा दुई पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार श्री एयरलाइन्स डिपिएलको अफिसियल एयरलाइन्स हुनुका साथै उसले १० लाख रुपैया आयोजकलाई उपलब्ध गराउनेछ ।

जसमा साढे सात लाख रुपैया नगद र साढे दुई लाख रुपैया जिन्सीमा रहेको छ । देशकै ठुलो धनशाशीको प्रतियोगिताको तयारी पनि अगाडी बढिसकेको छ ।

प्रतियोगिताको अन्सन यहि नौ गते हुदैछ भने अक्सनका लागि खेलाडीको अन्तिम नामावली पनि टिमहरुलाई पठाइसकेको जनाएको छ ।

डिपिएलको अक्सनका लागि दुई सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट खेलाडीको सर्टलिस्ट गरेर टिमलाई पठाइएको हो ।

विभिन्न ६ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैया पाउनेछन ।

यस्तै तेस्रो हुनेले ३ र चौथो हुनेले २ लाख रुपैया हात पार्नेछन ।

प्रतियोगिताको म्यान अफ सिरीजले एक थान मोटरसाइकल पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest