पहिलो टी-२० खेलमा भारत २८ रनले विजयी

दक्षिण अफ्रिका विरुद्धको पहिलो टी–२० खेलमा भारत २८ रनले विजयी भएको छ ।

दक्षिण अफ्रिकामा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनायो ।

उसका लागि शिखर धवनले आक्रामक ७२ रन बनाए भने मनिश पाण्डेले २९ तथा कप्तान विराट कोहलीले २६ रन बनाए ।

दक्षिण अफ्रिकी भुमिमा भारतले टी–२० मा २०० रन पुरा गरेको पहिलो पटक हो ।

जवाफमा दक्षिण अफ्रिकाका लागि रीजा हिन्डरीक्सले ७० तथा फरहान बेहरदिनले ३९ नर बनाएपनि टिमलाई जित दिलाउन सकेनन ।

दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाउदा १७५ रनमा रोकियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest