Cricnepal.com
Monday, January 18, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपाललाई विश्वकप छनोटमा पुर्याउने नायक यसरी सम्झिए क्यानडा विरुद्ध त्यो पारी

by cricnepal.com Staff
February 19, 2018
0

करण केसी एउटा मिठो झुटले जन्माएको क्रिकेट खेलाडी हुन् । भारतमा बस्दै आएका करणले परिवार संग म विदेश जान्छु कागज मिलाउन नेपाल पठाइदिनु भनेर झुटो नवोलेका भए सायद नेपालले एक उत्कृष्ट अल राउन्डर पाउने थिएन होला ।
सो बेला करणको सपना विदेश नभएर नेपाली राष्ट्रिय टिममा स्थान बनाउनु थियो । डिभिजन टु अन्तर्गत क्यानडा विरुद्ध उत्कृष्ट पारी खेल्दै नेपाललाई विश्वकप छनौटमा पुर्याएपछि अहिले उनी हट केक बनेका छन ।

नेपाललाई विश्वकप छनोटमा पुर्याउन नायक बनेका करण खेलको अन्तिम क्षण सम्झदा अझैपनि एक किसिमले उत्साहित हुन्छन भने अर्को किसिमले नर्भस । क्यानडा विरुद्ध जितेर करणले यस्तो उपहार पायो जुन भ्यालेन्टाइनमा आफ्नो जोडीलाई महङगो उपाहार दिए जस्तो ।

क्रिकेटमा जे पनि सम्भव भन्ने सुनेका नेपाली क्रिकेट प्रेमीले त्यस दिन वास्तवमै चामत्कारिक खेलको अनुभूति गर्न पाए, हो त्यही चामत्कारिक नतिजा दिलाउने नेपाली खेलाडी कुन् करण केसी । बलिङमा सोमपाल कामीको छायाँमा पर्ने गरेका करणले नामिवियाको विण्डहक मैदानमा आफ्नो संयमित र बहादुरीपूर्ण ब्याटिङ इनिङले देशमा मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेटमै राम्रो चर्चा पायो । उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रनको अविजित पारी खेलेपछि नेपालले खेल १ विकेटले जित्यो । त्यसमा सन्दिप लामिछानेले उनलाई राम्रो साथ दिए । अन्तिम विकेटका लागि उनीहरुले ४७ बलमा ५१ रनको विजयी साझेदारी गरे ।

त्यस जितले नेपालाई एकदिवशीय विश्वकप छनोटसम्म पुर्यायो र नेपाल पुनः डिभिजन वानमा पनि उक्लियो । शनिबार स्वदेश फर्किएपछि क्यानडाबिरुद्धको त्यस खेल स्मरण गर्दै करणले आत्मविश्वासले असम्भव कुरा पनि सम्भव बन्ने अनुभूति ब्यक्त गरे । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन बनाउँदा आठौं विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएपछि करण मैदान छिरेका थिए ।

‘क्रिजमा छिर्न लाग्दा शक्ति दाइले भन्नुभएको थियो कि तिमी गएर आरिफलाई सपोर्टमात्र गर, जे गर्छ उसले गर्छ ।’ उनले सम्झिए । तर, लगत्तै अर्को ओभरको पहिलो बलमै आरिफ आउट भएपछि नेपाल झन दवावमा आयो । नेपालको अन्तिम भरोसा नै करण र सन्दिप थिए ।

‘त्यसपछिको प्रेसर मेरो काँधमा आयो । हाम्रो अन्तिम खेल थियो, त्यसमा नजिते डिभिजन टूमै रहने निश्चित भएपछि जसरी पनि खेल्नुपर्छ भन्ने सोच आयो । सन्दिपले पनि दाइ तपाईं खेल्नु म सपोर्ट गर्छु भनेँ ।’ ‘४४औं ओभरमा दुई बाउण्ड्री लागेपछि म उत्साहित भएँ कि खेल जिताउन सक्छु जस्तो लाग्यो ।’ करणले भने, ‘सन्दिपसँग पनि विकेट टिकाइराख्ने र खेललाई अन्तिम ओभरसम्म लैजाने सल्लाह भयो ।’

नेपाललाई जितका लागि २ बलमा ८ रन चाहियो । त्यतिबेला करणले सोचेका रहेछन् कि एक बलमात्र खेर फालेँ भने खेल हाम्रो हाफबाट फुस्किन्छ । त्यसैले उनले जे पर्छ पर्छ भनेर खेले । नभन्दै कभरको दिशामा शानदार छक्का प्रहार गरे । त्यही छक्काले नेपाललाई विश्वकप छनोटनजिक पुर्यायो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री कप: आर्मीद्वारा कर्णाली ८० रनले पराजित

पुलिस पहिलाे खेलमा नै पराजित

आर्मीले कर्णालीसामु एक सय ९६ रनकाे लक्ष्य प्रस्तुत

शतकबाट ११ रनले चुके मण्डल

नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई एक सय १२ रनको लक्ष्य

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

Load More
Next Post

नेपाली क्रिकेट टिमका सदस्यले पाए जनही ४ लाख

आईसीसीको निलम्बन फुकुवा गर्न प्रधानमन्त्रीलाई पारसको आग्रह

मुख्य समाचार

प्रधानमन्त्री कप: आर्मीद्वारा कर्णाली ८० रनले पराजित

पुलिस पहिलाे खेलमा नै पराजित

आर्मीले कर्णालीसामु एक सय ९६ रनकाे लक्ष्य प्रस्तुत

January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Army won by 80 runs
Scorecard | Series Home
Match 3
NPC
111/10
BAG
114/3
Bagmati won by 7 wickets (with 92 balls remaining)
Scorecard | Series Home
January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
APF won by 135 runs
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal