आईसीसीको निलम्बन फुकुवा गर्न प्रधानमन्त्रीलाई पारसको आग्रह

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट विवाद समाधान गरी आईसीसीको निलम्बन फुकुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमको सम्मानार्ग गरिएको कार्यक्रममा कप्तान पारसले आगामी जुनमा हुने आईसीसीको बैठकमा नेपाली क्रिकेटको भविश्य निर्धारण गर्ने भएकाले त्यसअघि नै विवाद समाधान गरी निलम्वन फुकुवाका लागि बाटो खुकुलो बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

कप्तान पारसले ओली नेतृत्वको सरकारले क्रिकेटलाई मात्र नभई समग्र खेलकुदलाई उच्च स्तरमा लैजान सहयोग गर्ने अपेक्षा व्यक्त गरे । कप्तान पारसले डिभिजन टूमा आफ्नो टोलीले गरेको प्रदर्शनले नयाँ आशा जागेको र आसन्न विश्वकप छनोटमा चुनौति र अवसर दुवै भएको बताए ।

जवाफमा केपी ओलीले क्रिकेट विवाद समाधानका लागि सरकार र मन्त्रालयले सथासक्य पहल गर्ने आश्वासन दिए । उनले भने, ‘क्रिकेटमा विवाद नहोस, हामी अभिभावकत्व बिहीन हुनु नपरोस भन्ने कप्तानको भनाई एकदमै मननीय छ, यसका लागि मेरो पहल हुनेछ ।’

डिभिजन टू को उपविजेता नेपाली टोलीलाई सरकारले गरेको सम्मान कार्यक्रममा अधिकांश खेलाडी उपस्थित थिएनन् । प्रतियोगिताबाट फर्किएपछि तीन दिन आरामका लागि समय दिएका कारण खेलाडीहरु घर गएकाले सम्मान कार्यक्रममा ५ खेलाडी र तीन अफिसियलमात्र उपस्थित थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest