धोनी २०१९ को विश्वकपमा टिममा रहने सम्भावना उच्च

विकल्पका रुपमा रहेका कुनै पनि विकेटकिपरले राम्रो प्रदर्शन नगरेका कारण भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी सन् २०१९ मा हुने विश्वकपमा खेल्ने सम्भावना बढेको छ ।

भारतीय क्रिकेट टिमका मुख्य छनोटकर्ता एमएसके प्रसादका अनुसार अहिलेको भारतीय क्रिकेट टिममा धोनी सबैभन्दा उत्कृष्ट विकेटकिपर हुन् ।

उनको विकल्पमा राम्रो विकेटकिपर नदेखिएका कारण उनलाई २०१९ को विश्वकपमा टिममा समावेश गरिने सम्भावना धेरै रहेको बताए ।

भारतीय क्रिकेट टिमका सफल कप्तान धोनीले देशलाई दुबै फरम्याटको विश्वकप जिताइसकेका छन ।

यसअघि अगष्ट महिनामा प्रसादले धोनीले राम्रो खेल नखेले धोनीको विकल्पको बारेमा सोच्ने बताएका थिए । प्रसादको यस्तो बयानपछि धोनीका समर्थकहरुले सामाजिक सञ्जालमा उनको चर्को विरोध गरेका थिए ।

प्रसादको यस्तो प्रतिक्रिया आएपछि ३२ वर्षीय दिनेश कार्तिकलाई दोश्रो विकेटकिपरका रुपमा मौका मिलेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest