जिम्बावे विरुद्धको अन्तिम खेलमा अफगानिस्तान १४६ रनले विजयी

जिम्बावे विरुद्धको पाँचौ तथा अन्तिम एकदिवसिय खेलमा अफगानिस्तान १४६ रनको भारी अन्तरले विजयी भएको छ । जितसंगै अफगानिस्तानले पाँच खेलको श्रृखंला ४–१ ले जितेको छ ।

युएईको सारजाहमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९विकेट गुमाउदै २४१ रन बनायो ।

उसका लागि जाभेद अहमेदीले ७६ तथा राहमत साहले ५९ र रासिद खानले ४३ रन बनाए । तर बाँकि खेलाडी भने सस्तैमा आउट भए ।

जवाफमा जिम्बावे ३२ ओभर १ बलमा मात्र ९५ रनमा अलआउट भयो । उसका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा क्रेग एरभिनले ३४ तथा ब्रान्डेन टेलरले २७ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

जिम्बावेलाई सस्तैमा आउट गर्न प्लेयर अफ द सिरीज बनेका रासिद खानले ३ तथा मोहम्मद नावी र सरफुदिन अर्साफले २–२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest