करणलाई गृह जिल्लामा भब्य स्वागत

जिम्बाबेमा हुने एक दिवशीय विश्वकप क्रिकेट छनोटमा पुर्याउन नायक बनेका करण केसीलाई उनको गृह जिल्ला बागलुङमा भब्य स्वागत गरिएको छ ।

प्रतियोगितामा केसीले पुर्याएको योगदानको कदर गर्दै बागलुङ नगरपालिकाले वाजागाजा सहित नगर परिक्रम गरायो ।

नामिवियाबाट फर्किएपछि गृहजिल्ला पुगेका करणलाई नगद ५० हजार रुपैया सहित सम्मान गरेको हो ।

उनलाई बागलुङ नगरपालिका र जिल्ला खेलकुद बिकास समिति बागलुङले संयुक्त रूपमा सम्मान गरे ।

यस्तै क्षत्री समाज बागलुङले पनि केसीलाई नगद १० हजार रुपैया सहित सम्मान गरेको छ भने रिलायएबल इन्सुरेन्स बागलुङ शाखाले केसीको पाच बर्ष अबधिको १ लाख बराबरको विमा निशुल्क गरिदिएको छ ।

क्यानडा विरुद्धको खेलमा नवौ नम्बरमा ब्याटिङमा आएका करणले सन्दिप लामिछाने सग एकाउन्न रनको साझेदारी गर्दे नेपाललाई सनसनी पुर्ण विजयी गराएका थिए ।

क्यानडा विरुद्धको जित संगै नेपाल डिभिजन १ मा समेत बडुवा भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest