डिपिएल अक्सन बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा खेलाडी

धनगढीमा हुने धनगढी प्रिमियर लिगको अक्सनमा राष्ट्रिय टिमका खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा खेलाडी बनेका छन । चारै खेलाडीमाथि १ लाख ५० हजार रुपैयाँको बोलि लाग्यो ।

अन्नपुर्ण होटेलमा जारी अक्सनमा स्पिनर बसन्त रेग्मीलाई विराटनगर किङसले १ लाख ५० हजारमा अनुबन्ध गर्यो । बसन्तको नाममा ४ वटा टिमले अधिकतम प्राइसमा बोलि लगाएका थिए ।

तर गोलाप्रथाबाट बसन्त विराटनगर किङगमा परेका छन । यस्तै करण केसीलाई महेन्द्रनगर युनाईटेडले १ लाख ५० हजारमा अनुबन्ध गर्न सफल भयो भने आरिफ सेखलार्इ महेन्द्रनगर युनाइटेडले नै अधिकतम् मुल्य १ लाख ५० हजार रुपैयामा किनेको छ ।

पछिल्लो पटक राम्रो फर्ममा नभएका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका सागर पुनमा पनि तीन टिमले अधिकतम एक लाख ५० हजारमा बोली लगाएपछि गोलाप्रथाबाट रुपन्देहीले लिन सफल भयो ।

पृथु बास्कोटालाई १ लाख ३० हजारमा विराटनगरले किन्यो । नरेश बुढाएरलाई काठमाठौ गोल्डेन्सले १ लाख २० हजारमा किनेको छ भने जितेन्द्र मुखिया ९० हजारमा रुपन्देहीले अनुबन्ध गर्यो ।

यस्तै सुवास खकुरेललाई अत्तरियाले ८० हजारमा खरिद गर्दा राजेश पुलामी मगर ८० हजारमा टिम चौराहामा अनुबन्ध भए । प्रदिप एरीलाई ८० हजारमा रुपन्देहीले किनेको छ ।

अविनाश कर्णलाई महेन्द्रनगरले ८० हजारमा किन्यो । ए समुहमा रहेका सञ्जम रेग्मी अलराउण्डर मेहबुब आलम मञ्जिल श्रेष्ठ राहुल विश्वकर्मा र चन्द्र साउद अनसोल्ड रहे ।

समुह डी बाट नारायण जोशी २५ हजारमा महेन्द्रनगरमा र सागर भण्डारी अत्तरीयामा २५ हजारमा अनुबन्ध भए । यस्तै सी समुहमा रहेका प्रेम तामाङलाई अत्तरीयाले ५५ हजारमा खरीद गर्यो ।

प्रनित थापामगरमा महेन्द्रनगरले ६५ हजारको बोलि लगायो भने कुशल मल्ल ५५ हजारमा रुपन्देहीमा अनुबन्ध भए । सन्दिप जोरालाई ९० हजारमा अत्तरीयाले किन्यो ।

सौरभ खनाल एक लाखमा विराटनगरमा गोलाप्रथाबाट गए भने योगेन्द्रसिह कार्कीलाई एक लाखमा टिम चौराहाले किन्यो । हरीशङकर शाह ९० हजारमा महेन्द्रनगरमा अनुबन्ध भए ।

यस्तै सन्तोस भट्टमाथि काठमाडौ गोल्डेन्सले ९५ हजारको बोलि लगाए । किशोर महतोलार्इ पनि काठमाडौ गोल्डेन्सले एक लाखमा खरिद गर्यो ।

राष्ट्रिय टिमका ओपनर दिलिप नाथलाई विराटनगरले एक लाखमा अनुबन्ध गर्यो । यस्तै बलर विक्रम भुषाललार्इ १ लाख रुपैयाँमा रुपेन्देही च्यालेन्जर्सले भित्र्यायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest