डिपिएलको अक्सन सम्पन्न, यी हुन सबैभन्दा महङगा खेलाडी

धनगढीमा हुने धनगढी प्रिमियर लिगका लागि खेलाडी अक्सन सफल रुपमा सम्पन्न भएको छ । जसमा केहि सोचेका खेलाडीमाथि बोली नलाग्दा केहि नया खेलाडीले राम्रो रकम पाए । अक्सनमा राष्ट्रिय टिमका खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा खेलाडी बनेका छन ।

अन्नपुर्ण होटेलमा जारी अक्सनमा स्पिनर बसन्त रेग्मीलाई विराटनगर किङसले १ लाख ५० हजारमा अनुबन्ध गर्यो । बसन्तको नाममा ४ वटा टिमले अधिकतम प्राइसमा बोलि लगाएका थिए । तर गोलाप्रथाबाट बसन्त विराटनगर किङगमा परेका छन । यस्तै करण केसीलाई महेन्द्रनगर युनाईटेडले १ लाख ५० हजारमा अनुबन्ध गर्न सफल भयो भने आरिफ सेखलार्इ महेन्द्रनगर युनाइटेडले नै अधिकतम् मुल्य १ लाख ५० हजार रुपैयामा किनेको छ ।

पछिल्लो पटक राम्रो फर्ममा नभएका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका सागर पुनमा पनि तीन टिमले अधिकतम एक लाख ५० हजारमा बोली लगाएपछि गोलाप्रथाबाट रुपन्देहीले लिन सफल भयो । पृथु बास्कोटालाई १ लाख ३० हजारमा विराटनगरले किन्यो । नरेश बुढाएरलाई काठमाठौ गोल्डेन्सले १ लाख २० हजारमा किन्यो । यस्तै बलर विक्रम भुषाललार्इ एक लाख रुपैयाँमा रुपेन्देही च्यालेन्जर्सले भित्र्यायो । साहव आलमलाई काठमाडौले एक लाखमा किन्यो । बायाँ हाते स्पिनर सुसान भारीलाई चार टिमले अधिकतम एक लाख रुपैयामा अनुबन्ध गर्न होडवाजी गरेपनि गोलाप्रथाबाट रुपन्देहीले सुसानलाई पायो ।

यस्तै सिद्धान्त लोहनीलाई एक लाख रुपैयाँमा रुपन्देहीले टिममा भित्र्यायो भने कमलसिह एेरीलाई अत्तरीयाले ५५ हजारमा किन्यो । जितेन्द्र मुखिया ९० हजारमा रुपन्देहीले अनुबन्ध गर्यो । यस्तै सुवास खकुरेललाई अत्तरियाले ८० हजारमा खरिद गर्दा राजेश पुलामी मगर ८० हजारमा टिम चौराहामा अनुबन्ध भए । प्रदिप एरीलाई ८० हजारमा रुपन्देहीले किनेको छ । अविनाश कर्णलाई महेन्द्रनगरले ८० हजारमा किन्यो । ए समुहमा रहेका सञ्जम रेग्मी अलराउण्डर मेहबुब आलम राहुल विश्वकर्मा र चन्द्र साउद अनसोल्ड रहे । प्रेम तामाङलाई अत्तरीयाले ५५ हजारमा खरीद गर्यो ।

प्रनित थापामगरमा महेन्द्रनगरले ६५ हजारको बोलि लगायो भने कुशल मल्ल ५५ हजारमा रुपन्देहीमा अनुबन्ध भए । सन्दिप जोरालाई ९० हजारमा अत्तरीयाले किन्यो । सौरभ खनाल एक लाखमा विराटनगरमा गोलाप्रथाबाट गए भने योगेन्द्रसिह कार्कीलाई एक लाखमा टिम चौराहाले किन्यो । हरीशङकर शाह ९० हजारमा महेन्द्रनगरमा अनुबन्ध भए । यस्तै सन्तोस भट्टमाथि काठमाडौ गोल्डेन्सले ९५ हजारको बोलि लगाए । किशोर महतोलार्इ पनि काठमाडौ गोल्डेन्सले एक लाखमा खरिद गर्यो । राष्ट्रिय टिमका ओपनर दिलिप नाथलाई विराटनगरले एक लाखमा अनुबन्ध गर्यो ।

यस्तै समुह डी बाट नारायण जोशी २५ हजारमा महेन्द्रनगरमा र सागर भण्डारी अत्तरीयामा २५ हजारमा अनुबन्ध भए । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest