करणलाई पोखरामा १ लाख रुपैयाँबाट सम्मान

नामिवियामा भएको डिभिजन २ मा नेपाललाई विश्नकप छनोटसम्म पर्याउन निकै महत्वपुर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य किरण केसी पोखरामा नगद एक लाख सहित सम्मान गरिएको छ ।

पोखरा रङगशालामा आयोजना भएको केसीलाई प्रदेश नम्बर ४ का वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले सम्मान गरेका हुन । कार्यक्रममा करणले खेलाडीलाई सम्मान भन्दापनि क्रिकेट खेल विकाशमा बढी जोड दिनुपर्ने बताए ।

२२ वर्ष भारतको चण्डीगढका विताएका करण २०१४ मा विदेश जाने भन्दै परिवारसँग झुटो बोलेर नेपाल फर्किएका हुन्। २६ वर्षीय करणले नेपालको राष्ट्रिय टोलीमा २०१४ र अन्तराष्ट्रिय डेब्यु भने २०१५ बाट डेब्यु गरेका थिए।

उनले सन् २०१४ मा पोखरा रंगशालाबाट नै राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका थिए। उनको अन्तर्राष्ट्रिय डेब्यु भने सन् २०१५ मा श्रीलंकाविरुद्ध भएको थियो। त्यो खेलमा उनले पाँच विकेट लिएका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest