नेपालको विश्वकप छनोटका लागि २ दिनको प्रशिक्षण, सुपर सिक्समा पु्ग्ने लक्ष्य

जिम्बावेमा फागुन २० गते देखी सुरु हुने एकदिवशीय विश्वकप छनौट खेल, नेपाली क्रिकेटको अर्को एउटा ठुलो सपना हो ।

नामिबियामा भएको डिभिजन टु मा शीर्ष दुईमा रहदै छनौट खेलमा स्थान बनाएको नेपालले पहिलो लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताएको छ । प्रशिक्षक जगत टमाटा भन्छन नामिबिया टुरले दिएको उच्च आत्मविशवस र सकारात्मक सोच नेपाली टोलीको सवैभन्दा ठुलो शक्ति हो ।

नेपालले नामिबिया बाट फर्किएपछि पहिलो पटक विहिबार अभ्यास गर्यो । डिभिजन टु कै स्क्वाडलाइ निरन्ता दिएको नेपालले स्पिनर ललिति राजबंशीलाइ टिममा राखेको छ । यो संगै १५ सदस्यीय टोली शनिबार जिम्बावे प्रस्थान गर्नेछ । छनौट खेलका लागि भारतीय प्रशिक्षक उमेश पटवाल ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाली टिमलाइ साथ दिइरहेका छन ।

अभ्यासको पहिलो दिन दश खेलाडीमा मात्र उपस्थित थिए । नेपालले फिजिकल फिटनेशमा समय विताउनेछ । छनौट खेलमा दश राष्ट्रको सहभागीता छ । जसमा चार देश टेस्ट मान्यता प्राप्त हुन् । समुह बी मा नेपाल सहित घरेलु टोली जिम्बावे, अफगानिस्तान, हङकङ र स्कटल्यान्ड छन । नेपाललाइ भन्दा विपक्षीलाइ दवाव हुने प्रशिक्षक टमाटाको भनाइ छ ।

नेपालले पहिलो खेल फागुन २० गते जिम्बावे संग खेल्नेछ । २२ गते स्कटल्यान्ड, २४ गते अफगानिस्तान र २६ गते स्कटल्यान्ड संग खेल्नेछ । समुह ए मा वेस्ट इन्डिज, युएई, पपुवा न्युगिनी , नेदरल्यान्डस र आयरल्यान्ड छन । नेपालले छनौट खेल अघि दुई वटा वार्म अप म्याच खेल्नेछ । जसमा पहिलो खेल युएई संग हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest