विश्वकप छनोटका लागि नेपाली टिम शनिबार जाँदै, यात्रा कठिन भएपनि सुपरसिक्समा पुग्ने विश्वस्त छौ- पारस

आईसीसी विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम भोली जिम्बावे प्रस्थान गर्दैछ । एक दिवसिय विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाली टोलीलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकावीच विदाई गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विदाई कार्यक्रममा नेपाली टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताउँदै सुपर सिक्समा पुगेर एक दिवसिय मान्यता पाउने पहिलो लक्ष्य रहेको प्रतिक्रिया दिए । प्रशिक्षक टमाटाले प्रतियोगिताको यात्रा कठीन भएपनि नेपाली टिम पनि कमजोर नरहेको बताए । ‘अन्तिम बलसम्म हामी फाइट गर्न सक्छौं भन्ने कुरा डिभिजन टूमा प्रमाणित गरिसकेका छौं ।’ प्रशिक्षक टमाटाले थपे, ‘जिम्बावेको विकेटले स्पीनरलाई साथ दिने भएकाले हामीले टिममा एक स्पीनर (सहाव आलम) थपेका छौं ।’ नेपाली टिम पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त रहेका कारण फिट भएको प्रशिक्षक टमाटाले बताए ।

कप्तान पारस खड्काले पनि पहिलो खेलमा जिम्बावेलाई हराउने लक्ष्य राखेको जानकारी दिए । ब्यक्तिगत रुपमा खेलाडीहरु राम्रो रहेको प्रतिक्रिया दिँदै नेपाली टिमको मनोबल उच्च रहेको बताए । डिभिजन टूमा युएईसँगको म्याचले नेपाली ब्याटिङमा पनि आत्मविश्वास बढेको प्रतिक्रिया दिए । ‘पहिलो म्याचमा जिम्बावेलाई हराउने लक्ष्य राखेका छौं, स्कटल्याण्ड र हङ्कङलाई हराएमा हामी पुनः एक दिवसिय मान्यता पाउन सक्नेछौं ।’ कप्तान खड्काले भने ।

नेपाली टिम शनिबार जिम्बावे तर्फ प्रस्तान गर्नेछ । समुह बीमा नेपालसँगै जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । समुहका शीर्ष तीन टिम सुपर सिक्स राउण्डमा पुग्नेछन् । फागुन २० गतेबाट सुरु हुने प्रतियोगिता अघि नेपालले युएई र वेष्ट इण्डिजसँग अभ्यास म्याच पनि खेल्नेछ । कार्यक्रममा डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको यात्रा तय गरेको नेपाली टिमलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरिएको छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा शीर्ष दुई भित्र रहन सफल नेपाली टिमका प्रत्यक सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता जनही तीन लाख दिने घोषणा गरेका थिए । विदाईका क्रममा प्रधानमन्त्री ओलीले सबै खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापन टिमका सदस्यलाई नगद प्रदान गरे । साथै मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १–१ लाख नगदबाट पुरस्कृत गरेको छ ।

केक खुवाएर प्रधानमन्त्रीले दिए जितको शुभकामना फागुन ११, काठमाडौं । आईसीसी विश्व कप छनोटकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले जितको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित विदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले कप्तान पारस खड्कालाई आफ्नै हातले केक खुवाएर शुभकामना दिएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीले उपलब्ध गराएको केक काटेर प्रधानमन्त्री ओलीले कप्तान पारसलाई खुवाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest