महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समिकरण पुरा

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीतामा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथी ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ । योसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ ।

धनगढीको वोराडाडी स्थित फप्ला मैदानमा भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई हराउदा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथी १२ रनको जित हात पारेको छ । टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ३४ रन बनायो । उसका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिईन् ।

मध्यपश्चिमाञ्चलकी निरुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान एक एक विकेट लिईन् । एक सय ३५ रनको लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्लले १९ ओभरमा मात्र ३६ रनमा अलआउट भयो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने चार खेलाडीले खाता समेत खोल्न सकेनन् ।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान दुई दुई विकेट लिईन् । अर्को खेलमा मध्यमाञ्चलले सुदुरपश्चिममाथी १२ रनको जित निकाल्न सफल भयो ।

टस जितेर व्याटीङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागी सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४÷१४ रनको योगदान दिईन् । बलिङमा सुदुरपश्चिमकी कविता जोशीले चार विकेट लिइन । एक सय ६ रनको लक्ष्य पक्ष्याएको सुदुरपश्चिम २० ओभरमा तीन विकेट गुमाउदा ९३ रनमा रोकियो ।

सुदुरपश्चिमका लागी कविता कुँवरले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन् । यस्तै कविता जोशीले अविजीत ३९ रन बनाएपनि टिमलाई जिताउन सकिनन् । फाईनल प्रवेशका लागी मध्यमाञ्चलले पुर्वाञ्चलको सामाना गर्ने छ भने सुदुरपश्चिमलले विभागीय टोली एपीएफसंग खेल्नेछ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest