नेपाली टिम जिम्बावे उड्दै, फेरी पनि ब्याटिङ नै मुख्य चुनौती

जिम्बावेमा हुने आइसीसी एकदिवसिय विश्वकप छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा १५ खेलाडी ४ जना अफिसियल रहेका छन । नेपाली टिम आज राति पौने ११ बजे फ्लाई दुबई बाट युएई प्रस्थान गर्नेछ । त्यहापछि केहि घण्टाको ट्रान्जिट पनि नेपाली टिम इमिरेट्सको विमान मार्फत हरारे पुग्नेछ ।

जिम्बावेमा नेपालले पहिलो दिन अभ्यास गर्नेछ । त्यसपछि दुई वटा अभ्यास खेल खेल्नेछ । जसमा पहिलो खेल युएई विरुद्ध हुनेछ भने दोस्रो खेल हङकङसंग हुनेछ । नेपाल र हङकङ एकै समुह रहेका टिम हुन ।

यसअघि नेपालको अभ्यास खेल वेष्ट इन्डिज विरुद्ध भएको बताइएपनि पछि अभ्यास खेलको तालिका परिमार्जित गरिएको थियो । नेपाली टिमका लागि ब्याटिङ प्रशिक्षक पनि नयाँ आएका छन । नेपाली टिमलाई विश्वकप छनोटमा मुख्य चुनौती नै ब्याटिङमा रहेको छ ।

नामिवियाको मैदानमा नेपालको ब्याटिङका आलोचना हुदा हुदैपनि विश्वकप छनोटका लागि टिम परिवर्तन गरिएको छैन । बरु बलरलाई टिममा राखिएको छ । अब जिम्बावेको मैदानमा नेपाली टिमले आफ्नो समुहमा शिर्ष ३ मा स्थान बनाउनु पहिलो लक्ष्य रहेको छ । त्यसमा कप्तान पारस खड्काले पनि प्रष्ट बोलिसकेका छन ।

टिमले राम्रो खेलेमा सुपर सिक्समा पुग्न त्यति कठिन भने हुनेछैन । आफनो समुहमा हङकङ र स्कटल्याण्डलाई मात्र पराजित गरेमा पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो हुनेछ । फागुन २० गते नेपालले पहिलो खेल जिम्बावे विरुद्ध खेल्नेछ । सो खेलमा नेपालले यदि घरेलु टिमलाई पराजित गर्न सकेमा त्यो झन सकारात्मक पाटो हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest