इङल्याण्ड विरुद्धको पहिलो खेलमा न्युुजिल्याण्ड ३ विकेटले विजयी

इग्ल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलमा घरेलु टिम न्युुजिल्याण्ड ३ विकेटले विजयी भएको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ ।

न्युजिल्याण्डको हामिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनायो । उसका लागि जोस बटलरले ७९ तथा जोय रुटले ७१ रनको साझेदारी गरे । यस्तै जेसोन रोयले ४९ र मोयन अलीलले २८ रन थपे ।

जवाफमा न्युजिल्याण्डले ४ बल बाकि हुदा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । निकै रोमाञ्चक बनेको खेलमा घरेलु टिमको जितमा रोस टेलरले उत्कृष्ट प्रदर्शन गरे । उनले एक सय १३ रनको पारी खेले । यस्तै टोम लाथमले ७९ तथा मिचेल सान्तानेरले ४५ रन बनाए ।

२७ रन हुदा तीन विकेट गुमाइसकेको न्युजिल्याण्डको जितका लागि टेलर र लाथमले १९९ रनको साझेदारी गर्दै टिमको जितको आधार खडा गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest