महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफले जित्यो

पुर्वाञ्चललाइ ७ विकेटले पराजित गर्दै धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी एपीएफ क्लबले जितेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै मात्र ६० रन बनायो ।

उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् ।

एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सिता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए ।

जवाफमा ६१ रनको लक्ष्य एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो । एपीएफको जीतमा ज्योती पान्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए ।

पुर्वाञ्चलका संगता राइ र शान्ति चौधरीले एक एक विकेट लिपनि जीतका लागि पार्यप्त भएन् ।

विजेता एपीएफले पाँच र उपविजेता पुर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरे । ब्यक्तिगत विधातर्फ पुर्वाञ्चलका खेलाडीको बर्चश्व रह्यो ।

पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलर सहित प्लेयर अफ द सिरिज घोषित भइन् ।

उत्कृष्ट ब्याट्सवुमन पनि पुर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चलनै चुनियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest