अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ।

आइसिसीले सोमबार सार्वजनिक गरेको छनोट तालिकामा ६१ देश सहभागी हुनेछन्। पहिलो चरणको १२ क्षेत्रको छनोटबाट २५ टिम दोस्रो चरणको छनोटका लागि छानिनेछन्। दोस्रो चरणको छनोट पाँच क्षेत्रमा संचालन हुनेछ। दोस्रो चरणको चरणबाट ७ टिम अन्तिम चरणको छनोटमा सहभागी हुनेछन्।

अन्तिम चरणको छनोटमा १३ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको छनोटबाट छानिएका ७ र यसअघि टी–२० विश्वकप खेलेका ६ टिम गरी १३ टिमले अन्तिम चरणको छनोट खेल्ने आइसिसीले जनाएको छ। अन्तिम चरणको छनोटबाट ६ टिमले विश्वकपमा सहभागिता जनाउनेछन ।
हाल टी–२० मान्यता रहेका १६ टिम मध्ये सन् २०१८ को डिसेम्बरमा शीर्ष १० वरीयता हुने टिम टी–२० विश्वकपमा स्वत छनोट हुनेछन्। शीर्ष १० भित्र नपर्ने ६ टिम अन्तिम चरणको छनोटमा धकेलिनेछन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest