दक्षिण अफ्रिकी बलर र्मोकलद्वारा सन्यासको घोषणा

दक्षिण अफ्रिकी बलर मोर्ने र्मोकलले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन ।

मार्च महिनामा हुने अष्ट्रेलिया विरुद्धको श्रृखंलापछि र्मोकलले आफुले सक्रिय खेलाडी जीवनबाट टाढा हुने बताए । मार्च महिनामा दक्षिण अफ्रिकाले घरेलु मैदानमा चार टेष्टको श्रृखंला खेल्दैछ ।

सन्यासको घोषणा गर्दै र्माेकलले यो निर्णय लिन आफुलाई निकै गाहे भएको र करियरको अन्त्यतीर आउदा नयाँ च्याप्टर सुरुवात गर्ने बेला भएको उनको भनाई छ । साथै उनले आफनो परिवारलाई पनि धेरै समय दिन नसकेको र विदेशी श्रीमती हुनु त्यसमा पनि एकपछि अर्को श्रृखंलामा ब्यस्त हुनुले केहि गाहे भएको उनको भनाई छ ।

३३ बर्षे र्मोकलले २००६ मा राष्ट्रिय टिमबाट टेष्टमा डेब्यु गरेका थिए । अष्ट्रेलिया विरुद्धको खेलपछि उनले कुल ८७ टेष्ट र दुई सय ९४ एकदिवसिय खेल खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest