नेपाल पहिलो अभ्यास खेलमा आज युएईसँग भिड्दै

आईसीसी बिश्व कप छनोट अगाडीको अभ्यास खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केहि दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत बिजेता बन्दै संयुक्त अरब ईमिरेट्स (युएई) र दोश्रो स्थानमा रहँको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन ।

दुई साताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका छन । नामिवयामा भएको डिभिजन २ मा नेपालले समुह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो ।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपाल सहित १० रास्ट्रहरु सहभागी छन । जसमा उत्कृस्ट हुने २ टिम बिश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल समुह ‘बि’ मा अफगानिस्तान, जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंगै रहेको छ। नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ।

यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest