डिपिएलको सहप्रायोजकमा जगशक्ति स्टिलको साथ

धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको सहप्रायोजकका रुपमा जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले निरन्तरता दिएको छ ।

पहिलो सस्करणमा पनि सहप्रायोजक रहेको जगशक्तिले यसपटक पनि डिपिएलसंग सहकार्य गरेको हो । अघिल्लो सस्करण ७ लाख रुपैयाँको प्रांयोजन गरेको जगशक्तिले यसपटक सो रकम बढाएर १० लाख रुपैयाँ पुर्याएको छ ।

काठमाडौमा आयोजना भएको कार्यक्रममा जगशक्ति र आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीविच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा जगशक्तिले डिपिएललाई १० लाख रुपैया दिने र सो बाफत आयोजकले हरेक प्रवर्धनात्मक कार्यक्रममा जगशक्तिलाई सहप्रायोजकका रुपमा राख्नुपर्नेछ ।

डिपिएपलको मिती जति नजिकिदै छ त्यति नै आयोजकले प्रायोजक भित्र्याउने काममा पनि तिब्रता दिलाएका छन । डिपिएलको मुख्य प्रायोजक सुस्लान रहेको छ । यसका साथै आयोजकले धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानको मर्मत पनि सुरु गरिसकेको छ । कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष सुवास शाहीले यसपटक खेलिने मैदान अघिल्लो सस्करणको भन्दा निकै फरक हुने बताए ।

६ टिमको सहभागिता रहेको प्रतियोगिताका लागि खेलाडीको अक्सन भइसकेको छ । जसमा ६ टिमले ७२ खेलाडीलाई अनुबन्ध गरिसकेका छन भने टिममा अनिवार्य विदेशी खेलाडी राख्ने प्रावधान अनुसार निकट भविष्यमा नै उनिहरुको पनि छिनोफानो हुने आयोजकले बताएका छन ।

कुल ५० लाख रुपैया पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैया पाउनेछन । यस्तै तेस्रो हुनेले ३ र चौथो हुनेले २ लाख रुपैयाँ हात पार्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest