खेलाडीलाई खेल्ने मौका दिनु आइसीसीको सहि निर्णय- विलियम ग्लेनराइट

नेपाल क्रिकेट संघ क्यान लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न दिनु सहि निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले बताएका छन ।

संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई दिएको अन्तवार्तामा उनले नेपालको क्रिकेट संघ निलम्बित गरेपनि आईसीसीको बोर्डले एउटा रणनीतिक निर्णय गर्दै नेपाली खेलाडीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिइरहेको छ । किनकी क्रिकेट बोर्डले भोग्नु परेको व्यस्थापकीय चुनौतीको असर खेलाडीमाथि पर्नु हुदैन भन्ने आइसीसीको मान्यता रहेको छ ।

नेपालले हालै नामिबियामा देखाएको प्रदर्शन आश्चर्यजनक नभएको पनि उनको भनाइ छ । ‘नेपालमा राम्रा क्रिकेट खेलाडीहरूको कमी छैन । राष्ट्रिय संघ नहुँदा खेलाडीहरूका लागि स्थिति सहज छैन तर हामीले सक्दो गरिरहेका छौँ । हामीले गर्ने कामले क्रिकेट संघ को ठाउँ लिन सक्दैन’ ग्लेनराइटले भनेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest