विश्वकप छनोटमा नेपालले आज जिम्बावेसँग खेल्दै

आइसीसी एक दिवसिय विश्वकप छनौटमा नेपालले समुहको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ ।

क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजे बाट सुरु हुनेछ । नेपालले पहिलो पटक एदिवशीयमा टेस्ट मान्यता प्राप्त राष्ट्र संग खेल्दैछ ।

यसअघि नेपालले सन २०१४ को ट्वान्टी ट्वान्टी विश्वकपमा बंगलादेश संग पहिलो पटक टेस्ट खेल्ने राष्ट्रको सामना गरेको थियो । अन्डर नाइन्टिन स्तरमा भने नेपालले जिम्बावे संग खेलिसकेको छ ।

२००८ को अन्डरनाइन्टिन विश्वकपमा नेपालले जिम्बावेलाई दुइ विकेटले पराजित गरेको थियो । सो वेला पनि नेपाली टिमको कप्तान पारस खड्कानै रहेका थिए । सो वेला नेपाल विरुद्ध खेलेका खेलाडी अहिले पनि जिम्बावे टोलीमा छन ।

कप्तान पारसले आइसीसी संग कुरा गर्दै नेपालको पहिलो लक्ष्य सुपर सिक्समा प्रवेश गर्नु रहेको बताएका छन । त्यसपछि शीर्ष दुइका लागि प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । पारसले उच्च स्तरको क्रिकेट खेल्दै विश्वलाइ नेपाल उदाउदो क्रिकेट राष्ट्र भएको संदेश दिन चाहेको बताए । नेपाल दश टिम सहभागी राष्ट्र मध्ये सवैभन्दा धेरै युवा खेलाडी भएको टोली हो ।

युवा खेलाडीको जोश र सिनियर खेलाडीको अनुवभले छनौट खेलमा नेपालको यात्रा अविश्मरणिय हुने पारसको विश्वास छ । इन्डियन प्रिमियर लिग र क्यारेवियन लिगमा छनौट भएका स्पिनर संदिप लामिछाने, करण केसी, आरिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी लयागतका युवा खेलाडी बाट नेपालले ठुलो आशा राखेको छ । संदिप प्रतियोगिताकै आकर्षणका रुपमा रहेका छन ।

जिम्बावे १९८३ यता लगातार एक दिवसिय विश्वकपमा छनौट हुदै आएको छ । घरेलु टोली छनौट खेलको साविक विजेता पनि हो । समुह बी मा नेपाल र जिम्बावे संगै अफगानिस्तान, हङकङ र स्कटल्यान्ड सछन । समुह ए मा वेस्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्युगिनी, युएइ र नेदरल्यान्डस छन । दुइ समुह बाट तीन तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन । सुपर सिक्सको शीर्ष दुइमा रहने टिम सन २०१९ मा इङल्यान्डमा हुने विश्वकपका लागि छनौट हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest