नेपालले टस हारेर बलिङ गर्दै, ललित राजबंशीको डेब्यु, प्लेइङ ११ यस्तो छ

आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको पहिलो खेलमा नेपालले अहिले जिम्बावे विरुद्ध खेलिरहेको छ ।

जिम्बावेको क्विन्स स्पोर्ट क्लवमा नेपाल विरुद्ध जिम्बावेले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपाली टिममा पहिलो पटक स्थान बनाएका ललित राजबंशीले डेब्यु गर्ने भएको छन । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्टले डेब्यु क्याप हस्तान्तरण गरे ।

नेपालले जिम्बावे विरुद्ध सिमर करण केसीको स्थानमा ललितलाई राख्दै ३ जना स्पीनर खेलाउन लागेको छ। सोमपाल कामी एक्लो सिमरका रुपमा खेल्दैछन्।

नेपाली टिमको ओपनिङ ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नै गर्ने भएका छन ।

नेपाली टिमको प्लेइङ ११ यस्तो छ ।
पारस खडका, ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहित पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, ललित राजबंशी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest