नेपाललाई दोस्रो सफलता, बसन्तले लिए विकेट

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावे टस जितेर ब्याटिङ गरिरहेको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गर्न सफल भयो ।

एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन । शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय केहि हदसम्म सफल हुन सकेन ।

तर जिम्बावेको स्कोर ७७ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका ओपनर सेफास जुवाओलाई बसन्त रेग्मीले पेभेलियन फर्काए । उनले ४१ रन बनाए ।

त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालले दोस्रो सफलता हात पार्यो । यसपटक पनि नेपालका लागि बसन्तले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest