नेपाललाई तेस्रो सफलता, बसन्तको नाममा २ विकेट

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावे टस जितेर ब्याटिङ गरिरहेको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गर्न सफल भयो ।

एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन । शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय केहि हदसम्म सफल हुन सकेन ।

तर जिम्बावेको स्कोर ७७ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका ओपनर सेफास जुवाओलाई सन्दिप लामीछानेले ब्यक्तिगत ४१ रनमा आउट गरे ।

त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालले दोस्रो सफलता हात पार्यो । बसन्त रग्मीले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे ।

लगत्तै सोलोमन मिरेलाई बसन्तले ५२ रनमा पेभेलियनको बाटो देखाउदा नेपालले एक सय १३ रनमा ३ विकेट लिन सफल भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest