नेपाल विरुद्ध जिम्बावेका ब्याट्सम्यान हाबी, सिकन्दरको पनि अर्धसतक

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावे टस जितेर ब्याटिङ गरिरहेको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गर्न सफल भयो । एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन । शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय केहि हदसम्म सफल हुन सकेन ।

तर जिम्बावेको स्कोर ७७ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका ओपनर सेफास जुवाओलाई सन्दिप लामीछानेले ब्यक्तिगत ४१ रनमा आउट गरे । त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालले दोस्रो सफलता हात पार्यो । बसन्त रग्मीले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे । लगत्तै सोलोमन मिरेलाई बसन्तले ५२ रनमा पेभेलियनको बाटो देखाउदा नेपालले एक सय १३ रनमा ३ विकेट लिन सफल भयो ।

चौथो विकेटका लागि ब्रान्डन टेलर र क्रेग एरभिनले ७७ रनको साझेदारी गर्दै जिम्बावेको स्कोर दुई सय रन पुर्याए । तर डेब्यु ब्वाई ललित राजवंशीले क्रेगलाई ३४ रनमा आउट गरेपछि घरेलु टिमले दुई सय रनमा चार विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका सिकन्दर राजले टेलरसँग मिलेर ८९ रनको साझेदारी गरे । उनले ब्यक्तिगत अर्धसतक पुरा गर्दा टिमको स्कोर ३०० नजिक पुर्याए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest