नेपाललाई ३८१ रनको बिशाल लक्ष्य, अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठुलो

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावेबाट तीन सय ८१ रनको लक्ष्य पाएको छ ।

स्कोरकार्डका लागी : यहाँ थिच्नुहोस

क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङको निर्णय गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय ८० आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गर्न सफल भयो ।

एक जना सिमर लिएर उत्रेको नेपाली बलरले पहिलो ओभर देखि नै रन रोक्न सकेनन । शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय सफल हुन सकेन । जिम्बावेको स्कोर ७७ रन हुदा ओपनर सेफास जुवाओलाई सन्दिप लामीछानेले ब्यक्तिगत ४१ रनमा आउट गरे ।

त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालका लागि बसन्त रग्मीले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे । लगत्तै सोलोमन मिरेलाई बसन्तले ५२ रनमा पेभेलियनको बाटो देखाउदा नेपालले एक सय १३ रनमा ३ विकेट लिन सफल भयो । चौथो विकेटका लागि ब्रान्डन टेलर र क्रेग एरभिनले ७७ रनको साझेदारी गर्दै जिम्बावेको स्कोर दुई सय रन पुर्याए ।

त्यसपछि चौथो विकेटका लागि सिकन्दर राजा र ब्रान्डन टेलरले एक सय ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३ सय ५० रन कटाए । सिकन्दरले एक सय २३ रन बनाए भने ब्रान्डन टेलर एक सय रनमा आउट भए ।

अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले अहिलेसम्म कै धरै रन खान पुग्यो । यसअघि २०१३ मा ब्रमुडामा भएको आइसीसी डिभिजन थ्री मा अमेरीकाले नेपाल विरुद्ध तीन सय ६६ रन बनाएको थियो ।

बलिङ तर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिदा सन्दिप र ललितले एक एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest