नेपाललाई दोस्रो झट्का, कप्तान पारस ४० रनमा आउट

३८१ रनको लक्ष्य पक्ष्याएको नेपालले परम्परागत कमजोरी सुरुवातले आजपनि निरन्तरता पायो ।

नेपालको स्कोर ९ रन हुदा पहिलो विकेट झर्यो । ओपनर दिलिप नाथ मात्र २ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर ५० रन कटाए । तर पारस खड्का ब्यक्तिगत ४० रनमा आउट भएपछि नेपालले ६३ रनमा दोस्रो विकेट गुमायो ।
पारस लिष्ट ए मा १००० रन बनाउनबाट मात्र ९ रनले चुक्न पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest