नेपालको चौथो विकेट झर्यो, ज्ञानेन्द्र ३२ रनमा आउट

३८१ रनको लक्ष्य पक्ष्याएको नेपालले परम्परागत कमजोरी सुरुवातले आजपनि निरन्तरता दियो । नेपालको स्कोर ९ रन हुदा पहिलो विकेट झर्यो ।

ओपनर दिलिप नाथ मात्र २ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर ५० रन कटाए ।

तर पारस खड्का ब्यक्तिगत ४० रनमा आउट भएपछि नेपालले ६३ रनमा दोस्रो विकेट गुमायो । पारस आउट हुँदा उनी लिष्ट ए मा एक हजार रन बनाउनबाट ९ रनले चुके ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने कोशिस गरेका थिए । तर ऐरी २३ रनमा आउट हुदा नेपालले ९८ रनमा ३ विकेट गुमायो ।

लगत्तै ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ३२ रनमा आउट भएपछि नेपालले एक सय १० रनमा चौथो विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest