पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित

एकदिवशीय विश्वकप छनोट अन्तर्गत आफनो पहिलो खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको छ ।

क्विन्स स्पोर्टस क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय ८० रन बनाएको थियो । सुरुवाती सात ओभरमा नै ७७ रन बनाएको जिम्बावेका लागि दुइ खेलाडीले शतक बनाए । शिकन्दर र राजा र ब्रान्डन टेलरको साझेदारी तोड्न नसक्दा नेपालले ठुलो रनको लक्ष्य पायो । शिकन्दर र टेलरले चोथौ विकेटका लागि एक सय ७३ रनको साझेदारी गरेका थिए ।

शिकन्दरले ८० वलमा एक सय २३ रन र टेलरले एक सय रन बनाए । दुवैलाइ सोमपाल कामीले ४९ औं ओभरमा आउट गरेका थिए । तर त्यती वेला सम्म उनीहरुले आफ्नो जिम्मेवारी पुर्ण रुपमा निभाइसकेका थिए । नेपालका लागि संदिप लामिछानेले पहिलो सफलता दिलाएका थिए । उनले ओपनर सेफास जुवाअ‍ेलाइ ब्यक्तिगत ४१ रनमा पवेलियनको बाटो देखाए ।

सोलोमन मिरेले ५२ रन जोड्दा क्रेग इर्भाइनले ३४ रन बनाए । वलिङ तर्फ बसन्त रेग्मी र सोमपालले दुइ दुइ विकेट लिदा संदिप र ललित राजबंशीले एक एक विकेट लिए । यसै खेल मार्फत ललितले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन । तीव्र गतिका वलर करण केसीलाइ भने आज बेन्चमा राखिएको थियो ।

तीन सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदा २६४ रनमा रोकियो ।

नेपालले मध्यम स्तरको ब्याटिङ प्रदर्शन गर्यो । नेपालले नौ रनमा ओपनर दिलिप नाथलाइ ब्यक्तिगत दुइ रनमा गुमाएको थियो । कप्तान पारस खड्का ४० रनमा मैदान बाहिरिदा नेपालको स्कोर ६३ रन थियो । आउट भएसंगै पारस लिस्ट ए मा एक हजार रन बनाउन बाट पनि चुके । दिपेन्द्र सिंह ऐरीपनि २३ रनमा आउट भएपछि नेपालको पारी कमजोर बनेको थियो ।

तर शरद भेषावकर र अरिफ शेखले चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । शरद ५२ रनमा शिकन्दरको वलामा एल बि डब्लु भए । समुह बी मा रहेको नेपालले अब बिहिबार स्कटल्यान्ड संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest