नेपालले होशियार हुनुपर्ने स्कटल्याण्ड खेलाडी

आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत नेपालले समुहको दोस्रो खेलमा पर्सि बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।

समुहको पहिलो खेलमा टेष्ट मान्यता देश जिम्बावेसँग हार बेहोरेको नेपालले सुपरसिक्समा पुग्न स्कटल्यान्डलाई पराजित गर्नुपर्ने देखिएको छ ।

यता पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्टकल्यान्डले नेपालसँग खेल्नुअघि आज हङकङसँग खेल्नेछ । स्कटल्यान्डलाई कम स्कोरमा रोक्न नेपालले उसका केहि खेलाडीलाई रोक्नु पर्ने देखिन्छ। को क हुन त ती मुख्य खेलाडी

ब्राड ह्विल

तीव्र गतिका युवा बलर ब्राड ह्विलले अफगानिस्तान विरुद्ध कसिलो बलिङ गर्दै ३ विकेट लिएका थिए। सो खेलमा उनले ९.४ ओभरमा ३६ रन खर्चिएका थिए। २ वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका ब्राडले ६ एकदिवसीय खेल खेल्दै १० विकेट लिएका छन्। नेपाल विरुद्ध पनि ब्राडको बलिङमा स्कटल्याण्ड धरै भर पर्नेछ भने नेपाली ब्याट्सम्यानले सम्हालिएर खेल्नुपर्नेछ ।

रिची बेरिङटन

अफगानिस्तानलाई पराजित गर्दा अलराउण्ड भुमिका खेलेका ३० वर्षीय बेरिङटनले अफगानिस्तानको सुरुवाती चार मध्ये ३ ब्याट्सम्यानलाई सिकार बनाएका थिए भने ब्याटिङमा ६७ रनको योगदान दिए। जसमा उनले म्याकलियोर्डसँग तेस्रो विकेटका लागि २ सय ८ रनको किर्तीमानी साझेदारी गरेका थिए। जुन स्कटल्याण्डका खेलाडीले गरेको साझेदारीमा अहिलेसम्मकै ठुलो हो । दक्षिण अफ्रिकामा जन्मिएका रिचीले अहिलेसम्म ६४ एकदिवसीय खेल्दै १ शतक र ११ अर्धशतक बनाएका छन । बलिङमा पनि उनले ४१ इनिङमा २८ विकेट लिएका छन्।

कोलुम म्याकलियोर्ड

मध्यक्रमका ब्याट्सम्यान कोलुम अफगानिस्तान विरुद्धको खेलमा शतक प्रहार गरेका थिए। उनले १ सय ४६ बल खेलेर अविजीत १ सय ५७ रन बनाउदा स्कटल्यान्डले सहज जित निकालेको थियो । सो खेलमा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए। २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेलमा ६ शतक र ५ अर्धशतक बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest