‘आउट अफ फर्म’ रहेका ज्ञानेन्द्र कमब्याक गर्न अावश्यक

नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको फर्म पछिल्लो पटक ओरालो लाग्ने क्रममा रहेको छ ।

नेपालको ब्याटिङ लाइनअपमा डिपेन्डेबल ज्ञानेन्द्र पछिल्लो १० इनिङमा सर्वाधिक उच्च स्कोर भनेको ३२ रन रहेको छ । जुन जिम्बावे विरुद्ध बनाएका थिए ।

घरेलु प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा पनि राम्रो खेल्न नसकेका ज्ञानेन्द्रले डिभिजन टु मा पनि आफनो प्रदर्शनलाई सुधार्न सकेनन । डिभिजन टु मा उनले कुल ६ खेलमा ६९ रनमात्र बनाएका थिए । जसमा उनको सबैभन्दा उच्च स्कोर युएई विरुद्ध थियो ।

त्यो बाहेक उनले डिभिजन २ मा केन्या विरुद्ध ९, युएई विरुद्ध ५, ओमान विरुद्ध ७, नामिविया विरुद्ध १५ र क्यानडा विरुद्ध ९ रन बनाउका थिए । त्यसपछि जिम्बावेमा भएको युएई विरुद्धको अभ्यास खेलमा पनि उनले मात्र १२ रन बनाउन सके ।

नेपाली टिमको पारीको सुरुवात गर्ने जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रको फर्म नेपाली टिमका लागि निकै महत्वपुर्ण रहेको छ । नेपाली टिमका अनुभवी खेलाडी मध्येका एक ज्ञानेन्द्र र दिलिप नाथको ओपनिङ जोडीले अहिलेसम्म दरिलो साझेदारी गर्न सकेका छैन ।

जिम्बावे विरुद्ध पनि ज्ञानेन्द्रले ३२ रन मात्र बनाए । जुन उनको पछिल्लो १० खेलमा उच्च स्कोर थियो । नेपाली टिमका नियमित ओपनर, प्रदिप ऐरी, सुवास खकुरेल, अनिल मण्डल टिममा नभएपछि नेपाली टिमको ओपनिङको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका थिए । त्यसअघि उनी ३ नम्वरमा ब्याटिङमा आउने गरेका थिए ।

सो स्थानमा उनले नेपालका लागि निकै राम्रो प्रदर्शन गर्दै आएका थिए । तर ओपनिङमा ज्ञानेन्द्रले कतिको राम्रो खेलेका छन त्यो उनको आकडाले देखाउछ ।

अब स्कटल्याण्ड विरुद्ध पनि संभावित ओपनरका रुपमा दिलिप नाथ र ज्ञानेन्द्र मल्ल नै हुनेछन । फेरी पनि यी दुई खेलाडीको कांधमा नेपाललाई राम्रो सुरुवात दिलाउने जिम्मेवारी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest