इङल्याण्ड विरुद्धको चौथो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी

इग्ल्याण्ड विरुद्धको चौथो एकदिवसिय खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ । जितसंगै न्युजिल्याण्डले पाँच खेलको श्रृखंलामा २–२ को बराबरी गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले ५० ओभरमा नौ विकेट गुमाउदै तीन सय ३५ रन बनायो । इग्ल्याण्डका लागि दुई खेलाडीले सतक बनाए । जसमा जोनी ब्रेस्ट्रोले १ सय ३८ तथा जोय रुटले एक सय दुई रन बनाए ।

यस्तै जेसोन रोयले ४२ रन थपे । बलिङ तर्फ न्युजिल्याण्डका इस सोधीले ४ विकेट लिए ।

जवाफमा रोस टेलरको १ सय ८१ रनको मद्दतले न्युजिल्याण्डले ३ विकेट बाँकी हुदा लक्ष्य पुरा गर्यो । १ सय ७४ बल खेलेका टेलरले १७ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै टोम लाथमले ७१ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest