सन्दिपको टिम दिल्लीको कप्तानी गौतम गम्भिरले गर्ने

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिगमा खेल्ने टिम दिल्ली डेयरडेभिल्सको कप्तानी गौतम गम्भिरले गर्ने भएका छन ।

दिल्ली डेयरडेभिल्सले आज गम्भिरलाई आफ्नो कप्तानको रुपमा घोषणा गरेको हो । आइपिएलको सुरुवाती सस्करणमा डेयरडेभिल्सबाट खेलेका गम्भिर यसअघि कोलकाताबाट खेलेका थिए । उनले कोलकाताका लागि लगातार ७ बर्षसम्म खेलका थिए ।

नाइट राइडर्सले गम्भिरलाई रिटेन नगरेपछि डेयरडेभिल्सले भित्र्याएको हो । सोहि टिमबाट सन्दिपले पनि खेल्नेछन ।

डेयरडेभिल्सको टिममा गम्भिरसंगै भारतीय तिब्र गतिका बलर मोहम्मद सामी, भेट्रान लेग स्पिनर अमित मिश्रा, अष्ट्रेलियन ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकी बलर कागिसो रबाडा तथा क्रिस मोरिस लगायतका खेलाडीहरु रहेका छन् ।

अप्रिल ७ देखि शुरु हुने आईपिएलमा डेयरडेभिल्सले आफ्नो पहिलो खेल किङ्गस इलेभेन पञ्जाबसंग घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest