युनिभर्सिटी टि–२० क्रिकेट कप शुक्रबार देखि

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा युनिभर्सिटी टि–२० क्रिकेट कप हुने भएको छ ।

१६ वटा कलेजहरुको सहभागिता रहने यस प्रतियोगिताका विजेताले २ लाख नगद सहित ट्रफी जित्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उपविजेताले १ लाख पाउनेछ भने सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही १०–१० हजार पाउनेछन् ।

कलेज तहमा रहेका खेलाडीलाई राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ । ११ दिन सम्म चल्ने प्रतियोगिता नकआउटका आधारमा संचालन हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest