नेपालको ५ विकेट झर्यो, लिष्ट ए मा पारसको हजार रन पुरा

आइसीसी विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा अहिले नेपाल र स्कटल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ ।

जिम्बावेको बुलायाओ मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले स्कटल्याण्ड विरुद्ध टिममा कुनै परिवर्तन नगरेको नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । ओपनर ज्ञानेन्द्र मल्ल मात्र १ रनमा आउट भए ।

निकै खराव सुरुवात गरेको नेपालले ११ रनमा दुई विकेट गुमायो । नेपालको ओपनिङ जोडी पुरै खराव हुने क्रममा दिलिप नाथ ४ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी पनि मात्र १ रनमा आउट भएपछि नेपालले १४ रनमा तेस्रो विकेट गुमायो । लगत्तै भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले १४ रनमै ४ विकेट खेर फाल्यो ।

नेपाली टिमका कप्तान पारस खड्काले नौ रन जोडसंगै लिष्ट ए मा एक हजार रन पुरा गरेका छन । लिष्ट ए मा एक हजार रन पुरा गर्ने पारस पहिलो नेपाली खेलाडी बनेका छन । तर नेपालको स्कोर ३९ रन हुदा ५ विकेट गुमायो । आरिफ शेख मात्र दुई रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest